Don't Remove This Menu link

फूलको मिठो वास्ना जस्तै मुस्कान छरि मग्मगायौ



                      गीत

फूलको मिठो वास्ना जस्तै मुस्कान छरि मग्मगायौ
पिरतीको फूल बनेर यो मनै भरि ढक्मकायौ
चिटिक्कै सजिएको सुन्दर चोलीले) 2
मनै तान्यौ तनै तान्यौ मिठो बोलीले) 2

तिमी हाँस्दा वहार छाउने, मन हुन्छ कताकता
लुकीलुकी हेर्छौ कान्छी मन छुन्छ कताकता
मार्यौ नि छड्के नजरको गोलीले) 2
मनै तान्यौ तनै तान्यौ मिठो बोलीले) 2

कोमल तिम्रो त्यो श्पर्शको मात मिठो जवानीमा
यही मायाले मन भुलायो पिरतीको घामपानीमा
मलाई बगायौ पिरतीको खोलीले)2
मनै तान्यौ तनै तान्यौ मिठो बोलीले) 2

पर्खी बस प्रिय त्यो दिन,राख माया सम्हाली
लैजाउला कान्छी तिम्लाई सिउँदो भरि यसैपाली
परीझै देखिनेछौ रथपंखी डोलीले) 2
मनै तान्यौ तनै तान्यौ मिठो बोलीले) 2
पेमासिंह तामाड.